काठमाडौं– मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानुनहरू २०७५ भाद्र १ गतेदेखि लागू हुन गइरहे छ। लागू हुने पहिलो दिन देशव्यापी रूपमा दिपावली गरिने भएको छ।
महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत रहेका ७७ वटै जिल्ला सरकारी वकील कार्यालयहरू, १८ वटा उच्च सरकारी वकिल कार्यालय, काठमाडौंस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
साथै सोही देशभर सरोकारवालाहरूका बीचमा संहिताहरूका मुख्य विशेषताहरूका बारेमा अन्तर्क्रियात्मक कार्यक्रम समेत गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशित गरेको छ। अन्तर्क्रियामा जिल्लास्थित कार्यालयका प्रमुखहरू, जिल्ला न्यायाधीश, प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल बार एसोशियसनका प्रतिनिधि, कानुन व्यवसायीहरू, अन्य सरोकारवाला र पत्रकारहरू समेतको सहभागितामा कार्यक्रम गर्न पत्राचार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।