काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो दलबाट विजयी भएका मेयर र उपमेयरको बैठक डाक्ने भएको छ । स्थानीय तहमा जनतालाई आहत पुग्ने गरी कर निर्धारण भएपछि सो विषयमा छलफल गर्न बैठक डाकिएको हो।
स्थानीय तहमा जथाभावी कर वृद्धि गरिएपछि सरकारको आलोचना भएको छ। स्थानीय सरकारहरुले लागू गरेका कर निर्धारणका मापदण्डका विषयमा छलफल गर्न मेयर र उपमेयरहरुलाई काठमाडौं डाकिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए।
भाद्र १० गतेका लागि डाकिएको बैठकमा धरातलीय अवस्थाका विषयमा छलफल हुने उनले बताए। कर निर्धारण गर्दा सर्वसाधारणलाई मार नपर्ने गरी केन्द्रले निर्देशन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।