काठमाडौं– काठमाडौंको धुम्बाराही शंखपार्कमा बुधबार बेलुका बा.६३ प २१४९ नम्बरको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ।
पैदलयात्री धुम्बाराही बस्ने तेह्रथुम सुन्दरी गाउँपालिका–६ घर भएकी ४५ वर्षीया दिनकुमारी राईको मृत्यु भएको हो।
मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।