हृदयश त्रिपाठीसहितका नेता नेकपा प्रवेश गर्दै

Nepal Live

काठमाडौं– सुर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारीक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ। 

 नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको उपस्थितीमा नेताहरुलाई पार्टीमा भित्राउन लागिएको हो। 

 गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधी सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए । त्रिपाठी सहित वृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् ।
राजपाका तत्कालिन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।   

उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रबेश गर्न लागेका हुन्। 

नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बिहीबार विभिन्न नेताहरु पार्टी प्रबेश गर्न लागेको बताए। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार