स्याङ्जा- जिल्ला सभापति कमल पंगेनीको श्रद्धाञ्जलीसभा काठमाडौंमा गरिएको छ।
नेपाल विद्यार्थी संघ स्याङ्जा-काठमाडौं सम्पर्क समितिले गरेको श्रद्धाञ्जलीसभामा पंगेनीको भूमिका र योगदानबारे चर्चा गरिएको थियो।
सभामा पूर्वमन्त्री गोपालमान श्रेष्ठले पंगेनीको मृत्युले कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए। केन्द्रीय सदस्य धनराज गुरुङले पंगेनी स्याङ्जा कांग्रेसको पहरेदार भएको भनाइ राखे। पूर्व सांसद मोहनप्रसाद पाण्डेले कुशल संगठक भन्दै पंगेनीको स्मरण गरे।
श्रद्धाञ्जलीसभामा महिला संघकी कार्यवाहक अध्यक्ष सरस्वती तिवारी, नेविसंघका विद्यार्थी नेताहरु नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले पनि बोलेका थिए।
उच्च रक्तचापका बिरामी पंगेनीको १२ दिन अघि स्याङ्जास्थित भीरकोट–६ मा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।