काठमाडौं – हास्य बिधाको फिल्म ‘दाल भात तरकारी’को औपचारिक निर्माण घोषणा भएको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधवार राजधानीमा पत्रकार सम्मलेनकासाथ औपचारिक निर्माण घोषणा गरिएको हो ।
फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्ने छन्। सुदनको नेपाली फिल्मक्षेत्रमा यो डेव्यु निर्देशन हो। यस अघि उनले २ हलिउड फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका थिए।
मल्टिस्टार ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
आउदो मंसिर पहिलो साताबाट छायांकनका लागि फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७६ बैशाख १३बाट सार्वजनिक प्रदर्शनमा आउने छ।
हरेक नेपालीले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथानै फिल्मको मुख्य बिषय भएको कार्यक्रममा निमार्ण युनिटले जनकारी गराएको छ । हरिवशं आचार्यको कथा लेखन, स्क्रिन प्ले तथा संवाद रहेको फिल्ममाा शम्भुजित बाँस्कोटाको संगीत रहने छ।
फिल्ममा राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनालीको संयुक्त लगानी रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।