काठमाडौं– स्याङ्जा कांग्रेसका जिल्ला सभापति कमल पंगेनीको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ।
नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समितिले मंगलबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पंगेनीको भुमिकामा चर्चा गरिएको थियो । राजधानीमा श्रद्धाञ्जली सभामा पुर्वमन्त्री गोपालमान श्रेष्ठले पंगेनीको मृत्युले कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए ।
केन्द्रीय सदस्य धनराज गुरुङ स्याङ्जा कांग्रेसको पहरेदार भएको बताए । पुर्व सांसद मोहन प्रसाद पाण्डेले पंगेनी कुशल संगठक भन्दै स्मरण गरे । श्रद्धाञ्जली सभामा महिला संघकी कार्यवाहक अध्यक्ष सरस्वती तिवारी, नेविसंघका विद्यार्थी नेताहरु नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले पनि बोलेका थिए । उच्च रक्तचापका विरामी पंगेनीको १२ दिन अघि स्याङ्जास्थित भिरकोट–६ मा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।