काठमाडौं– अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनित फिल्म ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन मार्फत गीत सार्वजनिक गरिएको हो।
संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा फिल्मका मुख्य कलाकार आर्यन र सृष्टिको अभिनय रहेको छ। गीतमा सृष्टि र आर्यनको प्रेमलाई प्रस्तुत गरिएको छ।
सविर श्रेष्ठ निर्देशनमा तयार फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायतका कलाकाहरुको अभिनय रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।