नुवाकोट- बुधबार नुवाकोटको बुङताङबाट त्रिशूलीतर्फ आउँदै गरेको बस लामाटारमा दुर्घटना हुँदा ४९ यात्रु घाइते भएका छन्। गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूली उपचार हुन नसकेपछि उपचारको लागि बुधबार अपराह्न नै काठमाडौं पठाइएको छ।
बुङताङबाट त्रिशूली आउन लागेको बा २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका वडा नं ९ स्थित लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुँदा चालक ज्ञानबहादुर तामाङसहित ४९ भन्दा बढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए।
घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रुहरु रहेका बुङताङका मानबहादुर तामाङले जानकारी दिए। गम्भीर घाइते हुनेमा देउरालीका ६० वर्षीय प्रेमसिंह तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षीय ज्ञानबहादुर तामाङ र ३ वर्षका ईसायन तामाङ रहेको प्रहरी प्रमुख कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।