काठमाडौं– जल तथा मौसम विभागले काठमाडौंको विष्णुमति र धोबीखोलामा बुधबार पनि बाढी आउनसक्ने भन्दै सतर्क रहन अपिल गरेको छ।
विभागको बाढी पूर्वानुमान शाखाले बुधबार अपराह्न सामाजिक सञ्जालमा सर्तकता सन्देश लेख्दै आकस्मिक बाढीको सम्भावना रहेकाले साँझ ५ बजेपछि सतर्कता अपनाउन अपिल गरेको हो।
महाशाखाले गरेको ट्विटमा भनिएको छ– काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्बस बादलसहित ठूलो वर्षा शुरू भएको छ, विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना! बेलुकी ५ बजेपछि तटीय क्षेत्रमा सतर्कता अपनाऔं।’
मंगलबार रातिको अबिरल वर्षापछि धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरबाट बिजुलीबजारतर्फको तटीय क्षेत्र डुबानमा परेको थियो। लाखौ धनमालको क्षति हुनुका साथै मानिसहरु विस्थापनमा परेको समयमा यस्तो चेतावनी आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।