काठमाडौं– भदौ २ देखि १६ गतेसम्म इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागी हुने १ सय ८५ खेलाडीले तयारी अन्तिम चरणमा पुर्याएका छन्। एसियाडमा २९ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट पुरुष १२९ र महिला ५६, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।
इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुने एसियाडमा एसियाका नेपालसहित ४५ देशको सहभागिता हुँदैछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ।
यी खेल मध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
एसियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेल मध्ये १९ खेललाई हामीले बैदेशिक प्रशिक्षणमा पठाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
एसियाडमा सहभागी हुने नेपालका खेलाडी तथा प्रशिक्षकको नामावली पिडिएफमा हेर्नुहोस् :
सहभागी खेल, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।