काठमाडौं– चन्द्रागिरी नगरपालिका–८ कन्चनबस्तीस्थित भुवन श्रेष्ठको टहरामा एक महिलाको शव भेटिएको छ। च्याउ खेतीका लागि बनाइएको टहरामा गुर्जधारा घर भएकी ४३ वर्षीया अप्सरा सापकोटा शव भेटिएको हो। घटनाकाे प्रहरीले अनुसन्धान अघि बढाएकाे छ।
नागार्जुनमा बालकको मृत्यु
उता नागार्जुन नगरपालिका–६ बाफल बस्ने बैतडी मेलौनी नगरपालिका–१ घर भएकी जानुका चन्दको ७ वर्षीय छोरा बिमल चन्द मंगलबार सोही ठाउँस्थित मनुमति खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन्। बालक सोमबार देखि हराई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।