नुवाकोट– नुवाकोटमा भएको बस दुर्घटनामा ४० यात्रु घाइते भएका छन्। जसमध्ये केहीको अवस्था गम्भीर छ।
मिनिट्रकलाई साइड दिने क्रममा बा २ ख २८०४ नम्बरको बस बिदुर नगरपालिकाको लामाटारमा सडकबाट खसेको हो। काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा ४० जना यात्रु घाइते भएको र ६ गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको नुवाकोटका एसपी बसन्त कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।