भक्तपुर– भक्तपुरमा मंगलबार भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
सूर्यबिनायक नगरपालिका–६ स्थित थापा पार्टी प्यालेस नजिक बा.१९प ३३६१ नम्बरको मोटरसाइकलले पैदल यात्री सिन्धुपाल्चोक चौतारा घर भएकी ७० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो।
क्ष्मी र ६५ वर्षीया मैया श्रेष्ठलाई मोटरसाइकलले सोमबार ठक्कर दिंदा घाइते भएकोले डा.युवामुरा अस्पताल सल्लाघारी हुँदै थप उपचारको लागि किष्ट अस्पताल ईमाडोल पठाइएकोमा उपचारको क्रममा लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।