काठमाडौं– कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा कार्यरत नायव सुब्बा रामप्रसाद भट्टराई घुससहित पक्राउ परेका छन्।
भारत बनबासाबाट व्यापारिक प्रयोजनका माल बस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
१० हजार रुपैयाँसहित उनी कार्यालयबाटै मंगलबार पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।