काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तस्करीको सुनसहित दुई युवक पक्राउ परेका छन्।
विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका(३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा अर्नमा गाउँपालिका(५ घर भएका रामबृक्ष यादव रहेका छन्।
चौधरीलाई १ सय ४९ ग्रामको ३ थान बाला सहित र यादवलाई १ सय ग्रामको २ थान बाला सहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि विमानस्थलस्थित भन्सार कार्यालयले थप कारबाही अघि बढाएको छ। बरामद सुनको मूल्य करिब १२ लाख रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।