५० हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

Nepal Live

बनियानी– पूर्वीनाका काकडभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन्। 

नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो। 

प्रहरीले सतिसको साथबाट ३३ हजार र हितेसको साथबाट १७ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ। दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार