काठमाडौं– सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएको छ।
मगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।
अघिल्लो मन्त्रिपरिषद्को बैठकले उनीसँग स्पष्टिकरण सोधेको थियो। उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले हटाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।