जाकर्ता– १८औं एसियाली खेलकुदअन्तर्गत फुटबलतर्फको प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई जापानले १–० गोलअन्तरले पराजित गरेको हो।
समूह 'डी' को खेलमा जापानको जितमा मितोमा काउरुले खेलको सातौं मिनेटमा गोल गरेका हुन्। अघिल्लो एसियाली खेलकुदाम नेपाललाई जापानले ४–० गोलले पराजित गरेको थियो। योसमेत नेपालले एसियाली खेलकुदमा खेलेका १६ खेलमा नै पराजय भोगेको छ। नेपालले १६ खेलमा ६६ गोल खादा केवल १ गोल गर्न सकेको छ।
यहि समूहको अर्को खेलमा भियतनामले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको छ।
अब नेपालले पर्सि बिहीबार भियतनामसँग खेल्ने छ भने आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।