हुम्ला– हुम्लाको हिल्सा हेलिप्याडमा मनाङ्ग एयरको हेलिकोप्टरको पंखाले काटेर एक जना भारतिय नागरिकको मृत्यु भएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ। हेलिकोप्टरका पाइलटले यात्रुकै गल्तीले मृत्यु भएको दाबी गरेका छन्। इन्जिन बन्द नगरी यात्रु झारेर असावधानी अपनाएको प्रश्न समेत पाइलटमाथि उठेको छ।
कैलाश मानसरोवर दर्शन गर्न आएका मुम्बईका नागेन्द्र कुमार कार्तिक मेहताको पंखाले काटेर घटनास्थलमै मृत्यु भएको हो।
मनाङ्ग एयरको नाईन एनएएमभी. हेलिकोप्टरको पंखाले काटेर उनको मृत्यु भएको हो। हेलिकोप्टरको पछाडीतर्फको पंखाले उनलाई काटेको हो।
कैलाश टे«कमार्फत उनीसहितको भारतीय टोली हुम्लाको मार्ग हुँदै कैलाश मानसरोवर दर्शनमा जान लागेका थिए।
चीनसँगको सीमा क्षेत्र हिल्सास्थित हेलिप्याडमा दिउँसो करिब साव ३ बजे घटना भएको प्रहरी नायब निरिक्षक करण चन्दले बताए।
हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुयाईसकेपछि सिमिकोटतर्फ उडानको तयारीको क्रममा सो घटना भएको हो। भारतीय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले दुर्घटना भएको पर्यटन मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। केहीले सेल्फी खिच्ने क्रममा सो दुर्घटना भएको बताएका छन्। हेलिप्याड क्षेत्रमा व्यवस्थापन राम्रो नहुँदा पनि सो घटना भएको एक प्रहरुी अधिकारी बताउँछन्।
मृतकको शव फिस्टेल एयरको हेलिकप्टरले जिल्ला अस्पताल हुम्लामा पु¥याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।