काठमाडौं– मलेशिया सरकारले आप्रवासीका श्रमिकको स्वास्थ्य परिक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेटलाई खारेज गर्ने निर्णय गरेको छ। मंगलबार मलेसियाको संसद बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा मलेशियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले बेस्टिनेल कम्पनीलाई खारेजी गरिएको जानकारी गराएका छन्।
मन्त्री एम कुलासेगरनले नेपाल सरकारसँग नयाँ समझदारी(एमओयू) गर्ने बाटो बाटो खुलेको समेत बताएका छन्।
एम कुलासेगरनले एमओयूका लागि नेपाल सरकारलाई औपचारिक प्रस्ताव समेत पत्रकार सम्मेलनमार्फत गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै मानव संसाधनमन्त्री उनले नेपालबाट मलेशिया श्रमिक आपूर्तिको समस्याको समाधान खोज्न एमओयू गर्ने तयारी भइरहेको बताए।
याे पनि :मलेसियाली प्रधानमन्त्रीले भनेः नेपालसँग श्रमिक आपूर्तिमा देखिएको समस्या जिटूजी मार्फत् समाधान गरिन्छ
मलेसियाका अनलाइन मिडियाका अनुुसार पत्रकार सम्मेलनमा उनले भनेका छन्- हामीले क्याबिनेटमा एमओयू गर्ने प्रस्ताव गरेको छौैं। नेपाल सरकारले एमओयू प्रणालीमार्फत कामदार आपूर्ती गर्ने इच्छा देखाएको छ। यो सकारात्मक हो।’ मलेशियाको एजेन्ट कम्पनी बेस्टिनेटसहित नेपाली कामदारलाई अवैध रकम उठाइरहेको थियो। मानव संशाधनमन्त्री कुलासेगरनले बेस्टिनेट खारेज गरिएको संसदलाई समेत जानकारी गराएका छन्।
मलेसिया जाने कामदारलाई स्वास्थ्य परिक्षण तथा भिसा प्रोससिङका नाममा ठगी गर्ने कम्पनीहरुलाई नेपालमा कारबाही गरिएको छ। जसपछि कामदार मलेसिया पठाउन रोकिदै आएको छ।
यस विषयमा छलफल गर्न मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरन केही दिनपछि नेपाल आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।