मलेसियाली प्रधानमन्त्री महाथीर मोहम्मदले मलेसिया सरकारले आप्रवासी कामदार आपूर्ति र व्यवस्थापनका लागि नयाँ प्रणाली स्थापना गर्ने लागेको बताएका छन्। मलेसियाली संसदमा मंगलबार सम्बोधन गदै प्रधानमन्त्री मोहम्मदले नेपालबाट मलेसिया आउने श्रमिक आपूर्ति रोकिनु दुर्भाग्यपुर्ण भएको बताउदै नेपालसँग जीटूजी (गभर्नमेन्ट टू गभर्नमेन्ट) श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने प्रष्ट पारेका हुन्।
नेपाल सरकारको सम्बन्धित निकायसँग जीटूजी र एमओयू कुनै पद्धति अपनाएर सम्झौता गर्ने विषयमा छलफल भइरहेको समेत प्रधानमन्त्री मोहम्मदले संसदलाई जानकारी गराएको मलेसियाको सञ्चारमाध्याम दि स्टारले जनाएको छ।
आप्रवासी कामदारमाथि १० वटा रिक्रुइटमेन्ट एजेन्सीले एकाधिकार जमाएर पैसा असुल्ने गरेको पाइएको बताउँदै प्रधानमन्त्री महाथिरले भनेका छनर्् अब मलेसिया सकारले प्रतिस्पर्धाका आधारमा श्रमिक आपूर्ति गर्न एजेन्टहरु बढाउन योजना बनाएको छ। नेपाल, बंगलादेशसहित सबै कामदार श्रोत मुलुकमा एउटै प्रणाली लागू गरेर श्रमिक आपूर्ति गर्ने पक्षमा मलेसिया सरकार रहेको छ।’
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री महाथिरले श्रमिक आपूर्ति गदै आएका देशसँग एउटै नीति अवलम्वन गर्ने र योभन्दा अगाडी भएका विभिन्न घटना तथा ठगिका विषयमा स्वतन्त्र समिति बनाएर अध्ययन, अनुसन्धान गर्न घोषणा गरेका छन्। उक्त समितिले नीतिगत व्यवस्थाका लागि समन्वय र आप्रवासी श्रमिक आपूर्तिका लागि नयाँ नीति बनाउने उनको भनाइ छ।
उच्च सरकारी अधिकारीको अध्यक्षतामा बन्ने यस्तो समितिमा पूर्वन्यायाधिश तथा अध्यागमनका कर्मचारी हुने जनाइएको छ। गैरकानुनी रुपमा मलेसिया आउने र बस्ने आप्रवासी कामदारलाई स्वदेश फर्कन प्रधानमन्त्री महाथिरले अपिल समेत गरेका छन्। उनले हाल, बंगलादेशबाट श्रमिक आपूर्ति गदै आएका १० वटा कामदार आपूर्तिकर्ता एजेन्सीलाई बन्द गरेको पनि घोषणा गरेको जानकारी गराएका थिए। बगलादेशसँग पनि सरकारीस्तरमा छलफल गरेर सीमित एजेन्सीबाट श्रमिक आपूर्ति गर्ने पक्षमा मलेसिया सरकार रहेको उनको भनाइ छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने कामदार आर्थिक भार थप्दै आएका विभिन्न संस्था बन्द गरेपछि त्यहाँ कामदारको प्रक्रिया नै रोकिएको छ। नेपालबाट जाने श्रमिक रोकिएपछि मलेसिया सरकारलाई ठुलो दवाव परेको छ। मलेसियाका रोजगारदाता कम्पनी नेपाली श्रमिकका विषयमा छिटो निर्णय गर्ने मलेसिया सरकारसँग माग गदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।