हुम्ला– पाइलटको गल्तीका कारण हुम्लामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक यात्रुको मृत्यु भएको छ। हिल्सा विमानस्थलमा भारतीय नागरिक ४२ वर्षिय नगेन्द्र कुमार कात्र्तिक मेहताको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक इन्द्रबहादुर बोगटीका अनुसार यात्रु झार्ने क्रममा हेलिकोप्टरको इन्जिन बन्द गरिएको थिएन। सोही कारण पंखा घुमिरहेको थियो। घटना सवा ३ बजेको हो।
मृत्यु भएका मेहता मुम्बईका नागरिक हुन्। उनी मानसरोवर जाने क्रममा थिए।
धेरै यात्रु हुने भएकाले हेलिकोप्टरले छिटो छिटो उडान गर्न इन्जिन समेत बन्द नगरी यात्रु झारेर फर्कने गरेका छन्। सोही कारण दुर्घटना भएको आशंका गरिएको छ।
पाइलटको लापरबाहीकै कारण यात्रुको मृत्यु हुन पुगेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।