उदयपुर– तीन युवकले युवतीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेका छन्। एक युवक पक्राउ परेका छन् भने २ जना फरार छन्।
त्रियुगा नगरपालिका–१२ बस्ने २६ वर्षीय बिकाश परियार लगायतका व्यक्तिले सामूहिक बलात्कार गरेका हुन्।
परियार समेतका ३ जनाले सोमबार सोही स्थानीय १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स.१ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।