काठमाडौं – रेनाशा वान्तवा राई निदेर्शित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘लन्डनमा’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता धिरज मगर 'रकिङ स्ट्याइल'मा प्रस्तुत छन्।
सुजिल कर्माचार्यको शब्द रचना रहेको सार्वजनिक गीतमा रचनाकार स्वम्कै स्वर सुन्न सकिन्छ। लण्डन र त्यहाँको रहनसहन चित्रण गरिएको गीतमा धिरजसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि देखिएकी छिन्।
अभिमन्यु दिक्षित र रेनसा वान्तवा राईको कथा लेखन रहेको फिल्म आई कोर फिल्मस्काे व्यानरमा निर्माण भएको हो। शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ।
आउँदाे असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अभिनेता धिरज डेव्यु अभिनेताका रुपमा देखिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।