डडेलधुरा– बाजुराको बडिमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो।
स्थानीयले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सागर बोहोराले बताए।
अहिले सो शंकास्पद वस्तुलाई प्रहरीले सुरक्षा घेरामा राखेको छ भने डिस्पोजलका लागि नेपाली सेना पनि घटनास्थल पुग्दै गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।