बार्सिलोना- स्पेनिस राष्ट्रिय टिमका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका छन्। सिल्भाले सामाजिक सञ्जालमार्फत संन्यास लिने जानकारी दिएका हुन्।
हाल इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आवद्ध ३२ वर्षीय सिल्भाले स्पेनिस टिमबाट सन् २०१० मा विश्वकपको ट्रफि जिते। यस्तै उनले सन् २००८ र २०१२ मा युरो कप जितेका थिए। सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले १ सय २५ खेल खेल्दै ३५ अन्तर्राष्ट्रिय गोल गरे।
उनले राष्ट्रिय टिमबाट खेल्न पाउदा गर्व लागेको बताउँदै संन्यास लिने निर्णय जीवनकै कठिन भएको बताए। गत शनिबार बार्सिलोनाका ३१ वर्षीय सेन्टर ब्याक जेरार्ड पिकले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।