काठमाडौं– भक्तपुरका दुई स्थानमा बम भेटिएको छ। सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भे६िएकाे हाे।
सडकमा राखिएको प्रेसर कुकर बमलाई निस्किृय बनाउन अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ।
बम राखिएको स्थानलाई नेपाल प्रहरी तथा नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। बम कसले राख्यो भन्ने सम्बन्धमा केही जानकारी नभएको प्रहरीले जनाएको छ।
बिहानै सडकमा बम भेटिएपछि स्थानीयहरु भने त्रसित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।