काठमाडौँ– भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत सोमबार भएको खेलमा नेपाललाई बंगलादेशले ३–० गोलले पराजित गरेको छ।
योसँगै नेपाल समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ। खेल साउन ३१ मा हुनेछ। अर्को सेमिफाइनलमा बंगलादेश र भुटानबीच खेल हुनेछ।
यसअघि नेपालले शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो।
यसअघि बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल बङ्गलादेशसँग ६–० गोल अन्तरले पराजित भएको थियो।
अफगानिस्तान र माल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन्।
प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पुजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन्। मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।