पोखरा– आगामी कार्तिकमा पोखरा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
क्विन्स इभेन्ट्स प्रा. लिको आयोजना हुने पिपिएलका लागि अहिले मैदान निर्माण गर्ने काम अघि बढिरहेको छ। पिपिएलले मैदानको अवस्थाको अवलोकनका लागि राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटासहित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पोखरा पुगेका छन्। प्रशिक्षक र खेलाडीले आइतबार मैदानको अवलोकन गरेका थिए।
गण्डकी प्रदेशका मुख्य पृथ्वीसुब्बा गुरुङले पिपिएललाई पूर्ण सहयोग गर्ने बताएका छन्। गुरुङले पिपिएलले गण्डकी प्रदेशको खेलकुदको विकासका लागि योगदान गर्ने विश्वास लिएका छन्। मुख्य मन्त्री गुरुङले पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी आएर खेल्दा पोखरामा क्रिकेट माहोल बढ्ने बताए। साथै प्रदेश सरकार पिपिएललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता ब्यक्त गरे।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पिपिएल आयोजनाले पोखराको खेलकुदमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
यस्तै गण्डकी प्रदेशका सांसद तथा नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष दीपक कोइरालाले पिपिएल आयोजनाले पोखराबासीलाई हर्षित तुत्याएको बताए। पिपिएल आयोजनाले पोखरालाई स्पोर्टस हब बनाउने सजिलो हुने उनको भनाई थियो।
यस्तै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पनि पिपिएले नेपाली क्रिकेटको विकासमा थप उर्जा मिल्ने विश्वास व्यक्त गरे। उनले १० वर्षभित्र नेपालालाई टेस्ट मान्यता दिलाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पिपिएलका प्रवन्ध निर्देशक छुम्बा लामाले पिपिएलमार्फत पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे। उनले पोखरालाई न्युट्रल भेन्यू बनाउन पिपिएल जस्ता प्रतियोगिताले सहयोग पुर्याउने पनि बताए।
६ टिमको सहभागीता हुने पिपिएल आगामी कार्तिक ९ देखि २० गते सम्म पोखरा रंगशालास्थित क्रिकेट मैदान हुनेछ।
अहिले पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहि पिच निर्माण कार्य भइरहेको छ। भारतका क्युरेटरसहितको टिमले काम अघि बढाइरहेको छ। मैदानमा हामीले ४ वटा पिच निर्माण गरिनेछ ।
मैदानमा अहिले लेभलिङको काम भइरहेको छ। त्यसपछि मैदानलाई सम्माएपछि घाँस रोपेर हरियो बनाउइनेछ। मैदानमा खेलाडीका लागि पेभेलियन र स्थायी खालको स्कोरबोर्डको पनि निर्माण गरिनेछ। मैदानमा खेल हेर्न आउने दर्शको सुविधका लगि स्क्रिन पनि राखिनेछ। मैदान निर्माण अन्तिम चरणमा पुगेपछि ४ हजार दर्शक अट्ने अस्थायी प्याराफिट पनि निर्माण गर्नेछौं।
'फ्रान्चाइज बेस' मा हुने पिपिएलमार्तफ हामी पोखरालाई क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पिपिएलले जनाएको छ। पोखरा क्रिकेट मैदानलाई थप सुधार गर्न सके खेल पर्यटकमार्फत योगदान दिन सक्ने पिपिएले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता देशका सिरिज पनि पोखरामा गर्न सक्ने अवस्था निर्माण हुने र खेल पर्यटनमार्फन नेपालले ठूलो लाभ लिने पिपिएले जनाएको छ।
पिपिएललाई रोमाञ्चक बनाउन हामीले विभिन्न देशका खेलाडीलाई ल्याउन कुराकानी अगाडि बढाएको पिपिएलले जनाएको ५। नेदरल्यान्ड्स, यूएई, हङकङ जस्ता बलिया एसोसिएट टिमका राष्ट्रिय खेलाडीले पिपिएलमा आवद्ध हुन इच्छा देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।