काठमाडौं– ९५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। पुल्चोक वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन भोला प्रसाद अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सानेपामा एक व्यक्तिको नाममा रहेको थ्रि फेज लाइन अर्काे टोलमा सार्नका लागि उनले घुस मागेका थिए। घुस लिएलगत्तै सोमबार साँझ आयोगको टोलीलाई उनलाई कार्यालयमै पक्राउ गरेको हो।
सोमबारनै बुटवलमा एक इन्जिनियर घुससहित पक्राउ परेका थिए। मेकानिकल इन्जिनियर सरोज कुमार साहलाई आयोगको टोलीले पक्राउ गरेको हो। उनी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।