काठमाडौं– सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ ५ गर्न मिति तोकेका छन्।
निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा नियमावली छ। निर्वाचनको अघिल्लो दिन उम्मेदवारहरुको मनोनयन हुने छ।
प्रतिनिधिसभामा १३ वटा विषयगत समिति रहेका छन्। सोमबार अबेरसम्म सदन चलेको हुँदा तालिका बनाउन नभ्याइकाले विस्तृत मंगलबार जारी हुने संसद सचिवालयले जनाएको छ। तर राष्ट्रियसभाको भोलि मात्रै छलफल हुने र निर्वाचन मिति तोकिने कार्यक्रम रहेको छ।
समितिहरुको नेतृत्वको बारेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षका बीचमा विवाद हुँदा जेष्ठ सदस्यको नेतृत्वमा समितिको बैठक सुरु भएको थियो। कांग्रेसले लेखा समिति र अन्य दुई समितिको सभापति आफूले पाउनुपर्ने दाबी गर्दै आएका छ।
विपक्षी दलले लेखा समिति लिँदै आएको विगतको परम्परा रहेकाले स्वत पाउनुपर्ने कांग्रेसको दाबी छ। तर सत्ता पक्ष भने एउटा मात्र समितिको नेतृत्व उसलाई दिने तयारीमा छ।
यस्ता छन् प्रतिनिधि सभाका १० विषयगत समिति
सार्वजनिक लेखा समिति
राज्य व्यवस्था समिति
अर्थ समिति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
अन्तर्राष्ट्रिय सम्बन्ध समिति
कानुन न्याय तथा मानव अधिकार समिति
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
महिला तथा सामाजिक समिति
विकास तथा प्रविधि समिति
शिक्षा तथा स्वास्थ्य समिति
यी हुन् राष्ट्रियसभाका ३ विषयगत समिति
सुशासन तथा अनुगमन समिति
विधेयक समिति
दिगो विकास समिति
यी हुन् २ साझा समिति
संसदीय सुनुवाइ विशेष समिति
अनुगमन तथा मूल्यांकन विशेष समिति
दुवै सदनमा रहने विशेष समिति
महाभियोग सिफारिस समिति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।