काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेसहित ३ खेलाडी पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएका छन्।
साउन दोस्रो साता नेदरल्यान्ड्ससँग २ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली खेलाडी वरीयतामा समावेश भएका हुन्। बलरको वरीयतामा सन्दीप लामिछाने २ सय १७ औं स्थानमा छन्।
सन्दीपले नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका थिए। बलरको पहिलो वरीयतामा भारतका जसप्रित बुमराह छन्। दोस्रो स्थानमा अफगानिस्तानका रसिद खान छन् भने तेस्रो स्थानमा पाकिस्तानका हसन अली छन्।
यस्तै ब्याट्सम्यानको वरीयतामा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्। दुवैले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए। सोमपाल २ सय २९ औं वरीयतामा छन् भने ज्ञानेन्द्र २ सय ३६ औं वरीयताम छन्।
एकदिवसीय वरीयताको पहिलो स्थानमा भारतीय कप्तान विराट कोहली छन्। दोस्रो स्थानमा पाकिस्तानका बाबर अजाम र तेस्रो स्थानमा इंग्ल्यान्डका जोए रुट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।