लन्डन– भारतविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ। इंग्ल्यान्डले चौथो दिनमै जित निकाल्ने क्रममा भारतलाई एक इनिङ र १ सय ५९ रनले पराजित गरेको हो।
पहिलो इनिङमा २ सय ८९ ले पछि परेको भारत दोस्रो इनिङमा १ सय ३० रनमै अलआउट भयो। इंग्ल्यान्डले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ३९६ रन जोडेर इनिङ समाप्तीको घोषणा गर्दा भारत १ सय ७ रनमै अलआउट भएको थियो।
हारसँगै भारतीय कप्तान विराट कोहलीले खराब इतिहास बनाएका छन्। विराटको कप्तानीमा भरातले पहिलो पटक इनिङको हार बेहोरेको हो। पहिलो टेस्टमा शतकसहित २ सय रन जोडेका विराटले दोस्रो टेस्टको पहिलो इनिङमा २३ रन र दोस्रो इनिङमा १७ रन मात्र जोड्न सके।
खेलमा भारतले जोडेको रनको औसत अहिलेसम्मकै कम हो। भारतको औसत रन ८.८३ मा छ। यसअघि भारतको कम औसत स्कोर १३.९१ थियो। सन् २००२–०३ मा भारतले उक्त औसतमा रन जोडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।