काठमाडौं– रााष्ट्रियसभा बैठकले पूर्व सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सोमबार बसेको राष्ट्रियसभाको दोश्रो बैठक राणाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो। राणाको ९१ वर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको थियो। राणा २०१५ सालको पहिलो आम निर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
नेपालको प्रथम संसदका प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणा लोकतन्त्र र गणतन्त्रको पक्षमा सुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्वको रुपमा चिनिँदै आएका थिए। बैठकले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुको साथै एक मिनेट मौनधारणसकेत गरेको थियो।
अर्को बैठक साउन २९ गते मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।