काठमाडौं– गत आर्थिक वर्ष २०७४/०७५ मा नेपाल एसबिआई बैंकले खुद मुनाफा १ अर्ब ९४ करोड १ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २७ दशमलब ३७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कमाएको थियो।
८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असारसम्म ८४ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकले असार मसान्तसम्ममा ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९ दशमलब ३७ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ९१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको निष्क्रिय कर्जा शून्य दशमलब १० प्रतिशतले घटेर शून्य दशमलब २० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको भन्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ २५ पैसाले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।