काठमाडौं- आज साउनको अन्तिम सोमबार देशका विभिन्न तीर्थस्थलमा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लागेको छ। साउन महिनाको हरेक सोमबार हिन्दुधर्मालम्बीहरू विशेष दिनका रुपमा मनाउने गर्छन्।
यस दिन धेरै महिलाहरु भगवान् शिवको व्रत बस्छनन् भने पुरुषहरू पनि पहेँलो वस्त्रमा सजिएर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्छन्। महिलाहरू हरियो चुरा र हातमा मेहन्दी लगाएर भगवान् शिवको पूजा गरी व्रत बस्ने चलन छ। सोमबार बोलबम यात्रा पनि गर्ने गरिएको छ। यस क्रममा पवित्र जल लिएर तीर्थस्थल तथा मठमन्दिरमा चढाउने गरिन्छ।
साउन महिनाको सोमबार पशुपतिनाथ, सुन्दरीजल डोलेश्वर मन्दिर, दत्तात्रेय लगायतका देशभरका तीर्थस्थलमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ।
आज अन्तिम सोमबार भएकाले पनि अघिल्ला सोमबारभन्दा बढी श्रद्धालुहरु तीर्थस्थल पुगेका छन्।
आज बिहान पशुपतिनाथ मन्दिर परिसर पुगेका भक्तजन तथा जल लिन सुन्दरीजल पुगेर स्नान गर्ने भक्तालुहरुको तस्बिर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।