बेरुत, लेबनान-सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन्।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विस्फोटबाट भण्डार रहेको भवन पूर्ण रूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ।
इदलिबको सर्मादा सहरमा भएको विस्फोटको कारण भने खुलिसकेको छैन। भग्नावशेषलाई हटाउने क्रम जारी रहेकाले मृतकको सङ्ख्यामा केही वृद्धि हुनसक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।