विराटनगर– विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ। कार्यालयको प्रतिक्षालय कक्षमा बिस्फोट भएको थियो।
मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरी बिस्फोट जिम्मेवारी लिएका थिए। ाफ्नो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन र बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोध स्वरुप विस्फोट गराएको बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
केही शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको छ। केही समूहले जिम्मेवारी लिएपनि कसले बिस्फोट गर्याे भन्ने खुल्न नसकेको मोरङका एसपी मनोज केसीले बताए।
दिउँसो करिब २ बजे भएको बिस्फोटमा कार्यालयमा सिसा, फर्निचरमा असर पर्नुका साथी मेयर भिम पराजुली चढ्ने गाडीको समेत सिसा फुटेको थियो।
लामो समयदेखि निस्क्रिय रहेको तराईका भूमिगत समूहहरु फेरि सक्रिय हुन थालेको संकेत यो घटनाले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।