पपुवा न्यू गिनी– कहिलेकाँही हृदयविदारक घटनाहरुसँग पनि आश्चर्यलाग्दो संयोग जोडिन्छ। भयो के भने, इन्डोनेशियामा भएको एउटा विमान दुर्घटनामा ८ जनाको ज्यान गयो तर एकजना १२ बर्षे बालक भने जिवितै भेटिए। विमानको भग्नावशेषमा भेटिएका ती बालक अचेत अवस्थामा रहेको उद्धारकर्ताहरुले बताएका छन्।
‘बालक जीवितै छन् भन्ने हामीले थाहा पाएका छौं, यो एकप्रकारको चमत्कार हो’ उद्धारकर्ताको उधृत गर्दै इन्डोनेशियाका सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक अचेत अवस्थामै रहेको तर क्यामरामा हेरिरहेको देख्न सकिन्छ।’
पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले पनि १२ बर्षे बालक भने जिवितै भेटिएको समाचार पुष्टि गर्दै भने, 'हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ।'
पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा शनिबारदेखि हराइरहेको सो विमान आइतबार बिहान विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोे जहाँ ती बालका फेला परेका हुन्। स्वीट्जरल्याण्डमा बनेको सो पिलाटुस विमानमा ९ जना सवार थिए।
एेजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।