काठमाडौं– भक्तपुरको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
मध्यपुर ठिमी नगरपालिका– ४ स्थित विष्णुकुन्डल पोखरीमा डुबेर विवेक अधिकारीको मृत्यु भएको हो।
महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी मिलन केसीका अनुसार पौडी खेल्ने क्रममा उनी डुबेको खुलेको छ। प्रहरीले उद्धार गर्ने क्रममा उनको मृत्यु भइसकेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।