काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आकस्मिक अनुगमनको क्रममा आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त बालाजु पुगेका छन्।
वृत्तमा अनुगमनपछि निर्देशन दिदै जनताले अनुभुती गर्ने गरी शान्ति सुरक्षामा ध्यान दिन उनले निर्देशन दिएका छन्। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई कतै पनि गुनासो नआउने गरी काम गर्नुपर्नेमा खनालको जोड थियो।
खासगरी सेवाग्राहीसँगको व्यवहारमा सुधार ल्याउन उनले निर्देशन दिएका छन्। वृत्तका डिएसपी चिरञ्जिवी कोइरालाले वृत्तका गतिविधिबारे आइजिपीलाई ब्रिफिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।