विधानसभा निर्वाचनका विषयमा भारतीय अनुभवबारे राजनीतिक दलका प्रतिनिधि र भारतीय चुनाव कमिस्नर सुकुमार सेनबीच अन्तरक्रिया गराउनका लागि सरकारले २००९ पुस २८ गते एउटा कार्यक्रम आयोजना गर्यो। ‘गोरखा परिषद् जस्तो प्रतिक्रियावादी संस्थाले भाग लिएको सभामा नेपाली कांग्रेस जस्तो क्रान्तिकारी पार्टी र त्यसका नेता बीपीले भाग लिन मिल्दैन’ भनेर कांग्रेसले त्यो कार्यक्रम नै बहिष्कार गर्यो।
तर, आपैmले अछूत मानेको दलका नेता भरतशमशेर राणालाई बीपी स्वयंले विपक्षी दलको नेता बनाए। त्यो पनि तत्कालीन संविधान, कानुन र संसद् नियमावली विपरीत। राणालाई विपक्षी दलको नेता बनाउनु रहस्यमय छ भन्ने चर्चा पत्रपत्रिकामा भयो। त्यो बेलाको चर्चित पत्रिका समीक्षा साप्ताहिकले ‘व्यक्तित्वको खोजी’ स्तम्भमा भरतशमशेरबारे लेखेको छ, “कुनै बेला गृह मन्त्री बीपी कोइरालामाथि खुकुरी र केही मूर्ख सशस्त्र फौज लिएर जाइलाग्नुभयो। उहा“का समर्थकहरुले नया“ सडकमा नाङ्गो खुकुरी आतङ्क पैmलाई खुकुरी दल खडा गरेको, त्यसपछि त्यही हिंसात्मक उद्देश्यलाई अघि सार्न त्यसलाई पार्टीको रुपमा परिणत गरी वीर गोरखा दल बनाएको र त्यसमाथि प्रतिबन्ध लागेपछि राष्ट्रवादी गोरखा परिषदको रुपमा त्यो आएको इत्यादि घटनाहरुको पृष्ठभूमिमा भरतशमशेर एक मात्रको पुनरूत्थानवादी, घोर प्रतिक्रियावादी, हिंसावादी, अमेरिकावादी र प्रतिशोधमूलक प्रवृत्तिले काम गरेको थियो।”
यसरी आपैmमाथि साङ्घातिक आक्रमण गर्ने भरत शमशेरलाई बीपीले विपक्षी दलको नेता बनाएकोमा सर्वत्र विरोध भयो। भनिन्छ ‘राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन ।’ संसदीय व्यवस्थामा ‘सरकार सत्ता पक्षको, संसद् विपक्षको’ भन्ने सिद्धान्त प्रख्यात छ। तर, देशको पहिलो निर्वाचित संसद् सुरूको आठ महिना विपक्षीविहीन रहन गयो। जम्माजम्मी डेढ वर्ष कायम रहेको प्रतिनिधि सभामा त्यसपछि मात्र विपक्षी दलका नेताले औपचारिक मान्यता पाए।
के हो गोरखा परिषद्
राणा परिवारका सदस्यहरुले नेपाली कांग्रेस र भारतको विरोध गर्न राष्ट्रिय गोरखा परिषद्् नामको पार्टी खोलेका थिए। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको संरक्षणमा स्थापना भएको त्यही पार्टीमा उनीपछि प्रधानमन्त्रीको रोलमा रहेका बबरशमशेरका छोरा मृगेन्द्रशमशेर र नाति भरतशमशेरहरु नेता थिए। नेपाली कांग्रेसको प्रतिद्वन्द्वी बनाउन खोजिएको गोरखा परिषद् नै संयोगले जनमतकै आधारमा प्रमुख विपक्षी दलका रुपमा स्थापित हुन पुग्यो।
एकातर्फ विरोधी दलका नेता थिए मृगेन्द्रशमशेर राणा तर राणाहरुलाई विपक्षीको मान्यता दिन नहुने चर्को आवाज थियो। अर्कोतर्फ विपक्षी दलको नेता रहने व्यवस्था संविधानमा थिएन। नेपालको संसदीय इतिहासका प्रथम विपक्षी दलका नेता मृगेन्द्रशमशेरले अस्वस्थताको कारण देखाउँदै राजीनामा गरे। अनि २०१६ माघमा उनकै छोरा भरतशमशेर नेता बने। बाबु–छोरा भए पनि उनीहरुको फरक सिद्धान्त थियो। बाबु राजाको पक्षमा थिए भने छोरा बीपीको। दलभित्रको समीकरणमा भरतशमशेर बलियो भए पनि आर्थिक स्रोतका लागि उनले बाबुसँग भर पर्नुपर्थ्यो।
मृगेन्द्रशमशेरलाई संसद्ले औपचारिक मान्यता नदिएका कारण एक वर्षभन्दा बढी समय प्रतिनिधि सभा विपक्षीविहीन जस्तै भयो। राजा महेन्द्रले कांग्रेस पार्टी र त्यसको संसदीय दलभित्र विग्रह उत्पन्न गराई प्रधानमन्त्री बीपी कोइरालालाई हटाउने योजना बनाउन थालेको सुइँको पाएपछि बीपीले नै भरतशमशेरलाई विपक्षी नेताको मर्यादा दिलाए। सभामुख कृष्णप्रसाद भट्टराईले २०१७ असार ४ गते औपचारिक रुपमा राणालाई प्रमुख प्रतिपक्षी दलका नेताको मान्यता दिए। एक वर्षपछि मात्र ‘राणालाई किन मान्यता दिइयो’ भनेर त्यति बेला बौद्धिक वृत्तमा निक्कै चर्चा चलेको थियो। धेरैले एकचौथाई सिट नभएको दललाई कसरी विपक्षीको मान्यता दिइयो भनेर प्रश्न उठाए।
संसद्मा प्रमुख प्रतिपक्षीको भूमिकामा आउनुअगि गोरखा परिषद् राणा परिवारका सदस्यहरुको हितमा केन्द्रित थियो। उसका सबै गतिविधि कांग्रेस र २००७ सालको परिवर्तन विरूद्ध केन्द्रित थिए। तर विपक्षी दलको मान्यता पाएपछि गोरखा परिषद््का कामकारबाही संसदीय प्रजातान्त्रिक व्यवस्था अनुकूल हुँदै गए । संसद्भित्र सरकारको कडा आलोचना गरे पनि गोरखा परिषद्ले बाहिर सरकार र लोकतान्त्रिक पद्धतिलाई सहयोग पुग्ने खालको भूमिका निर्वाह गर्यो।
राजाले कांग्रेसभित्रै फुट पैदा गरी सरकार असफल बनाउने रणनीति लिएपछि विपक्षी दलका नेता भरतशमशेरले कांग्रेस संसदीय दलबाट सरकारलाई असहयोग हुने अवस्था आए प्रधानमन्त्रीलाई साथ दिने वचन दिएका थिए। सांसद श्रीभद्र शर्माले भनेका छन्, “संवैधानिक प्रावधानको समेत वास्ता नगरी भरतशमशेरलाई विरोधी दलको नेताको मान्यता दिलाउनु पनि यसैको परिणाम थियो।”
विरोधी नेतालाई बधाई
विपक्षी दलका नेतालाई मान्यता दिँदै सभामुख भट्टराईले भनेका थिए, “संसदीय शासन प्रणालीमा विरोधी पक्षको महङ्खव र स्थान उच्च हुन्छ । संसद्भित्रको विरोध रचनात्मक, उत्तरदायित्वपूर्ण र सुव्यवस्थित ढङ्गले होस् भन्नका लागि संसदीय कार्यविधि र परम्परा अनुसार विरोधी दललाई औपचारिक मान्यता दिइने चलन छ। यस्तो मान्यताको फलस्वरुप विरोधी दलको नेतालाई मर्यादा र केही सुविधाहरु दिइन्छ साथै उहा“माथि जिम्मेदारी पनि पर्न आउँछ। उपर्युक्त कुरालाई ध्यानमा राखी मैले पनि श्री ५ को सरकारको विपक्षमा रहेको सबैभन्दा ठूलो पार्टी राष्ट्रवादी गोरखा परिषद््का नेता भरतशमशेरलाई विरोधी दलको नेताको रुपमा मान्यता दिएको छु। यसले गर्दा उहा“को जिम्मेवारी बढ्न गएको छ र मलाई आशा छ कि उहा“ले यो जिम्मेदारी संसदीय परम्परा अनुकूल ढङ्गले निभाउनुहुनेछ। म उहा“लाई हार्दिक बधाई दिन्छु।”
त्यस लगत्तै प्रधानमन्त्री बीपी कोइरालाले राणालाई बधाई दिँदै भनेका थिए, “सभामुख महोदय, तपाईंले भर्खर विपक्षी दलका नेताको निर्णय दिनुभयो । त्यसको म हृदयदेखि स्वागत गर्छु। विरोधी दलले रचनात्मक तरिकाले विरोध गर्नुपर्छ भन्ने जुन भावना व्यक्त गर्नुभयो, त्यो सुनेर पनि म सन्तुष्ट छु। हाम्रो देशमा संसदीय प्रणाली स्थापना भएको भर्खरै १ वर्षजति भयो । त्यसैले हामी सबैको कर्तव्य हुन्छ, हामी सबैले देशको संसदीय प्रणालीलाई पढौं र हाम्रो देशमा संसदीय प्रणालीलाई झन् झन् बलियो किसिमले स्थापना गर्न सकौं। विरोधी नेता भरतशमशेर चुनिनुभएको छ। अब उहा“माथि ठूलो जिम्मेदारी पर्न आएको छ । यसले उहा“को निमित्त चाहिने खर्च र सबै किसिमको व्यवस्था सरकारले मिलाइदिनेछ । जसरी भए पनि हामी सबै मिलेर देश बनाउने काम जिम्मेदारीपूर्वक गर्न सकौंला भन्ने आशा छ। अन्त्यमा, म विरोधी दलका नेतालाई बधाई दिन्छु।”
त्यस लगत्तै सभामा विपक्षी दलका नेता भरतशमशेर राणाले भने, “सभामुख महोदय, श्रीमान्को घोषणाबाट आजदेखि म विरोधी दलको नेता भएको छु । मलाई विरोधी नेता बनाई कदर गर्नुभएकोमा माननीय सभामुख र माननीय प्रधानमन्त्रीदेखि कृतज्ञ छु। त्यसको निमित्त म र मेरो पार्टीको तर्फबाट धन्यवाद दिन्छु। प्रजातन्त्रमा सरकारको जति देन हुन्छ, त्यतिकै विरोधी दलको पनि हुन्छ, जुन हामीले जिम्मेदारीपूर्ण र रचनात्मक दृष्टिकोण लिएर सरकारको नीतिको विरोध गरेका छौं। अहिले पनि त्यही नीति कायम गर्ने हो। ध्वंसात्मक दृष्टिकोणले नहेरी हामी सदैव रचनात्मक दृष्टिले नै हेर्नेछांै । मलाई आशा छ, माननीय सभामुखले मलाई कदर गर्नुभई जुन आकांक्षा प्रकट गर्नुभएको छ । त्यसलाई र त्यस्तै किसिमको माननीय प्रधानमन्त्रीको आकांक्षालाई पनि पूरा गर्ने कोसिस मेरो हुनेछ।”
विपक्षी दलका नेतालाई मन्त्री सरहको सुविधा दिइएको थियो। विपक्षी दलका प्रमुख सचेतक थिए बेनीबहादुर कार्की। राणा परिवारका सदस्य भरतशमशेरलाई प्रमुख विपक्षी दलको नेता बनाएको राजालाई मन परेको थिएन । सुरूमा एक पटक सभामुख भट्टराईले एकातिर प्रधानमन्त्री र अर्कोतिर भरतशमशेरलाई राखेर राजासँग नारायणहिटी दरबारमा औपचारिक परिचय गराए । त्यसपछि राणाले कहिल्यै राजाको दर्शनभेट पाएनन् । एकै पटक २०१७ पुस १ गते कु गर्ने दिन उनलाई दर्शनभेटका लागि बोलाई दरबारको गेटमै गिरफ्तार गरियो ।
विपक्षीलाई उच्च सम्मान
बीपीको उदारवादी आचरणका कारण विपक्षले कुनै किसिमको उकुसमुकुस महसुस गर्नु परेन। सबैलाई समेटेर हिँड्ने प्रधानमन्त्रीको प्रवृत्ति सम्पूर्ण संसद् परिवारमा प्रतिबिम्बित रह्यो। गम्भीर मतभेद पनि नरम भाषामा व्यक्त गर्ने परम्परा स्थापित भयो।
सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि भारतमा संसदीय अभ्यास भइरहेको थियो। नेपालमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविकै हो। अहिले जस्तो सञ्चारको विकास नभएका कारण रेडियो र पत्रपत्रिकामा आउने भारत र बेलायतका संसदीय गतिविधि मात्र थाहा हुन्थ्यो। भारतीय प्रधानमन्त्री नेहरु विपक्षीलाई उच्च सम्मान गर्थे। संसदीय बहसका क्रममा विपक्षीको कडा आलोचना गरे पनि बाहिर मित्रवत् व्यवहार गर्ने संस्कार थियो। त्यति बेला भारतका समाजवादी नेता राममनोहर लोहिया जेलमा थिए। नेहरु सरकारले नै उनलाई जेल हालेको थियो तर नेहरु लोहियालाई जेलमा फलफूल पठाइरहन्थे। असाध्य सम्मान गर्थे। त्यसको प्रभाव नेपालमा पनि परेको थियो।
सदनमा दुईतिहाई बहुमतको बलियो उपस्थिति रहँदा समेत बीपीले नेपाली कांग्रेसभन्दा झन्डै चार गुणा सानो गोरखा परिषद् सहित सबै विपक्षीलाई सम्मानपूर्वक व्यवहार गरेका थिए। यसबाट देखिन्छ— बीपीले कुन प्रकारले संसदीय अभ्यास थालनी गर्न खोजेका रहेछन्। विपक्षीलाई उच्च सम्मानका साथ हेरिएको मात्र होइन, त्यस अनुरुपको व्यवहार गर्ने परम्परा नै स्थापित गर्ने प्रयासको थालनी भएको थियो। संसद्मा सत्ता पक्षलाई दाहिने र विपक्षलाई देब्रेतर्फ राख्ने प्रचलन पनि त्यति बेलैदेखि सुरू गरियो।
नेपालको पुस्तक पहिलो संसद बीपी महेन्द्र टकरावबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।