लन्डन– इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटनह्यामले विजयी सुरुवात गरेका छन्।
चेल्सीले शनिबार राति भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको हो। उसका लागि एनगोल कान्टेले ३४ मिनेटमा पहिलो गोल गरे। चेल्सीका लागि डेब्यू गरेका जोगिन्होले ४५ मिनेटमा पेनाल्टीमा गोल गरे। पेड्रोले ८० मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे।
टोटनह्यामले न्युकासललाई २–१ गोलले हरायो। टोटनह्यामका लागि भर्टोनघेनले अाठौं र डेल अलीले १८ मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा वर्थमाउथले कार्डिफलाई २–० ले हरायो। क्रिस्टल प्यालेसले फुलह्यामलाई २–० र वाटफोर्डले ब्रिङटनलाई पनि २–० ले नै हरायो। वुल्स र एभर्टनले भने २–२ गोलको बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।