काठमाडौँ- इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए।
रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत मृत्यु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।