बार्सिलोना– स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाले अर्जेन्टायन फरवार्ड लिओनल मेसीलाई नयाँ सिजनका लागि कप्तान नियुक्त गरेको छ।
आन्द्रेस इनिस्टाले बार्सिलोना छाडेपछि अब कप्तानीको जिम्मेवारी मेसीको काँधमा आएको हो। अर्जेन्टिनाको राष्ट्रिय टिमकक कप्तान रहेका मेसी सन् २०१५ देखि बार्सिलोनाको उपकप्तानमा नियुक्त भएका थिए।
यता बार्सिलोनाले तीन जनालाई उपकप्तानको जिम्मेवारी दिएको छ। जसमा सर्जियो बुस्केट पहिलो उपकप्तान छन् भने त्यसपछि जेरार्ड पिक र सेर्जी रोबर्टो रहेका छन्।
मेसीले कप्तानको रुपमा आइतबार सेभिल्लासँग स्पेनिस सुपरकपको खेलमा प्रतिस्पर्धा गर्दैछन्। पाँच पटकका फिफा वर्ष खेलाडीँ मेसीले कप्तानीमा बार्सिलोनाबाट उपाधि उचाल्ने विश्वास व्यक्त गरेका छन्। १८ अगस्टबाट सुरु हुने ला लिगामा बार्सिलोनाले अलाभेससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।