काठमाडौं– चर्चित रेडियोकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिको निधन भएको छ। उपचारको क्रममा ललितपुरको एक अस्पतालमा शुक्रबार साँझ उनको निधन भएको हो। उनी मिर्गाैला रोगका बिरामी थिए।
६५ वर्षको उमेरमा उनको निधन भएको हो। उनी पछिल्लो समय रेडियो अन्नपूर्णमा आबद्ध थिए। मिठो स्वरका धनी उनी रेडियोमा साहित्यिक कार्यक्रम चलाउँथे।
२०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहालले मिर्गौला प्रत्यारोपण गराएका थिए। २०५७ फागुनमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका हुन्। उनी डायलसिस गराउँदै आएका थिए।
दाहाल २०३४ देखि रेडियामा निरन्तर सक्रिय थिए। झर्रो नेपालीका प्रयोक्ताका रुपमा उनको पहिचान बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।