काठमाडौं– आफू डिस्कभरी च्यानलको नेपाल प्रतिनिधि हुँ भन्दै एक युवकले काठमाडौंमा ठगी गरेका छन्। अमेरिकी दुतावासबाट प्रोजेक्टहरु मिलाइदिने, भिसा लगाइदिने भन्दै डिल्लीबजार घर भई गोकर्ण बस्ने २७ वर्षिय प्रशन्न खातीले ठगी गरेका हुन्।
खातीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको छ।
उनले तीन जनालाई ठगी गरेको सिआइबीका एसपी सानुराम भट्टराईले बताए।
डिस्करभी च्यानलको नाममा बनाइएको नक्कली परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ। नेपालस्थित कार्टर सेन्टर नामक संस्थाबाट करिब ११ करोड रुपैयाँको प्रोजेक्ट मिलाइदिने भन्दै एक व्यक्तिलाई उनले २५ लाख रुपैयाँ ठगी गरेका थिए।
अमेरिकन दुतावासका उच्च अधिकारीसँग राम्रो सम्बन्ध रहेको र अमेरिकाको भिसा लगाइदिने भनेर समेत उनले २० लाख रुपैयाँ ठगी गरेका थिए।
उच्च पदस्थ विदेशीको नक्कली इमेल आइडी बनाएर समेत उनले ठगी गरेका थिए। राजदुतको नामबाट आफुलाई इमेल आएको देखाई भ्रममा पारी ठगी गरेका हुन्।
त्यस्तै डलर तथा पाउण्डस्टरर्लिङको आकारको कागजजस्तो वस्तुलाई केमिकलको सहायतामा डलर बनाउन सकिन्छ भनेर उनी ठग्ने योजना रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।