श्रम नियमावलीप्रति साना उद्योगीको आपत्ति, 'न्यूनतम पारिश्रमिक दिन सक्दैनौं'

Nepal Live

काठमाडौं- घरेलु तथा साना उद्योगीहरुले सरकारले हालै लागू गरेको श्रम नियमावलीप्रति आपत्ति जनाएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले यही महिनाबाट लागू गरेको श्रम नियमावलीले घरेलु तथा साना उद्यमीलाई मारमा पारेको भन्दै आपत्ति जनाएका हुन्।

नियमावलीमा गरिएको व्यवस्था अनुसार उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै महासंघले त्यस सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। सरकारले साउन महिनाबाट लागू गरेको नियमावलीले उद्योग चलाउन नसक्ने अवस्था आएकाले सो सम्बन्धमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए।

शुक्रबार काठमाडौंमा सरकारले हालै लागू गरेको श्रम नियमावलीका विषयमा छलफल गरिएको थियो। सोही छलफलमा भाग लिँदै महासंघका कार्यबहाक अध्यक्ष सिंहले यो नियमावलीले आफूहरुलाई मारमा पारेको पनि स्पष्ट पारे। नियमावलीमा श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ तोकिएको छ। महासंघका अध्यक्ष सिंहले सो पारिश्रमिक दिने अवस्था पनि नेपालका साना उद्योगहरुसँग नरहेको बताए।

सरकारले हालै लागू गरेको श्रम नियमावलीमा विदेशी कामदारलाई काम गर्न दिन नपाउने व्यवस्था गरिएको छ। महासंघले सो व्यवस्था नियमावलीमा गरेकोमा पनि आपत्ति जनाएको छ।

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्