सिआइबीका प्रहरीको शैक्षिक प्रमाणपत्र नक्कली

Nepal Live

काठमाडौं– गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एक प्रहरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ।  प्रहरी हवल्दार सन्जीव विक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। 

उनले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडियट तह उत्तिर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी हवल्दारमा बढुवा भएका थिए।

शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो। आयोगले छानबिन गर्दा उनले त्यो कलेजमा अध्ययन नै नगरेको खुलेको हो। 

आयोगले गत बुधबार मात्र उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत सइ राजेशकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो। उनले भर्ना हुँदा नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्